काठमाडौँ, २१ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् । अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्