काठमाडौँ, २४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बस्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवा स्वास्थ्य प्रोटोकलअनुसार आइसोलेसनमा बस्नुभएको हो ।
दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो । प्रधानमन्त्री देउवाले शनिबार विहानै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्