Banner News

११६७ जनामा कोरोना संक्रमण, २२४ जना डिस्चार्ज



काठमाडौँ, २५ पौष । थप ११ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३२ हजार ५ सय ८९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय २४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १४ हजार २ सय ३० जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ४ जना पुगेको छ ।