समाचार

मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना



विराटनगर, २६ पौष । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढेपनि बजार तथा भिडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्ने मानिसको संख्या अधिक देखिन्छ ।

अब पसल तथा व्यवसाय संचालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने छ । मादण्ड पालना नगर्ने व्यवसयीलाई पाँच हजार नगद जरिवाना गराइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।