राजनीति

पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने



काठमाडौँ, २६ पौष । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने  कार्यक्रम रहेको बताइएको छ । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ ।