Banner News

१४४६ जनामा कोरोना संक्रमण, २५५ जना डिस्चार्ज



काठमाडौँ, २६ पौष । थप १४ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १४ हजार ४ सय ८५ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६ जना पुगेको छ ।