राजनीति

ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता



काठमाडौँ, २६ पौष । सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)लाई फिर्ता पठाइदिएको छ ।

सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाएको थियो ।

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबार सम्मको हदम्याद थियो । मंगलवारसम्ममात्र हदम्याद भएता पनि मुलुकी ऐनअनुसार मुद्धा चल्ने भएकोले यसको हदम्याद मंगलबार नै नसकिने पौडेलले जानकारी दिनुभयो ।