अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २७ पौष । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।