समाचार

काठमाडौँ उपत्यकामा थप १,२८६ जनामा कोरोना पुष्टि



काठमाडौँ, २७ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,२८६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ गरी १,२८६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ३१० पुगेको छ । त्यस्तै देशभर थप २४ सय ४४ जनामा कोरोना पुष्टि भएको छ ।