काठमाडौँ, २८ पौष । मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीबाट २० किलो ५०० ग्राम अवैध लागुऔषध चरेस र १० किलो अवैध लागुऔषध गाँजाको धुलोजस्तो देखिने पदार्थसहित राक्सिराङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तबहादुर थिङलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, भलवाडीबाट विभिन्न लागुऔषधसहित भारत, महाराजगन्ज, नौतुनुवा बस्ने २० वर्षीय सेहावाद आलमलगायत तीनजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा चोकबाट नियन्त्रित लागुऔषध चार लिटर कोरेक्स र एक हजार क्याप्सुल ट्रामाजोलसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ४२ वर्षीय विवेकशील मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेकै नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाहबाट १६ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरुण रोकामगरलाई प्रहरीले पक्राउ गरेको छ ।










प्रतिक्रिया दिनुहोस्