Banner News

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक



काठमाडौँ, २८ पौष । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो ।

सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने उनले जानकारी दिए ।