समाचार

काठमाडौँ उपत्यकामा थप १,५३८ जनामा कोरोना पुष्टि



काठमाडौँ, २८ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,५३८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ गरी १,५३८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ८२६ पुगेको छ । त्यस्तै देशभर थप ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ ।