दाङ, २९ पौष । दाङमा नेपाल प्रहरीको नक्कली सई बनि ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही १५ मालपोत कार्यालय नजिकैबाट रामबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
उनले सिआईबीको सई बनेर धाक धम्की देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगी गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको हो । बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्