काठमाडौँ, ३० पौष । बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ ।
छानबिन समितिले कानुनविपरीत ठेक्का सम्झौता रहेको प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका अनुसार कानुनी कुराहरू सबै बुझ्ने काम भइरहेको छ ।
मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का पनि नलाग्ने बताए ।










प्रतिक्रिया दिनुहोस्