Banner News

४६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु



काठमाडौँ, १ माघ । थप ४ हजार ६ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ४९ हजार २ सय ४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ५० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १६ हजार ३ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ ।