Banner News

आजदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप



काठमाडौँ, २ माघ । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो ।

६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई पनि बुस्टर डोज दिइने भएको छ । ६० वर्ष तथा सो भन्दामाथि उमेर समूहका नागरिकलाई भने माघ १४ गतेबाट खोप दिइने छ ।

स्वास्थ्य सेवा विभागका अनुसार दुबै मात्रा खोप लगाएको ६ महिना भएका नागरिकले पनि १४ गतेबाट खोप लगाउन पाउने छन् ।