काठमाडौं, २ माघ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका छन् ।
सार्वजनिक निर्णय अनुसार:
१. माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन ।
२. सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन ।
३. डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।
४. पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने छ ।
५. विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने छ ।
६. मठमन्दिरमा नित्त पूजा मात्रै गर्न पाइने र स्वास्थ्य मापदण्डहरू अनिवार्य रूपमा पालन गर्नुपर्ने छ ।
त्यस्तै सरकारले लिम्यिाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा भारतलाई एक पक्षीय रूपमा सडक निर्माण नगर्न आग्रह गर्दै आएको जनाएको छ । सरकारका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रवक्ता कार्कीले भने, “दुई देशबीचको सिमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहि आएको छ ।,”










प्रतिक्रिया दिनुहोस्