अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।