काठमाडौँ, ४ माघ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ ।
बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन । आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच सोमबार भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका छन् ।










प्रतिक्रिया दिनुहोस्