काठमाडौँ, ६ माघ । थप १२ हजार ३ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८७ हजार ७ सय ६९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ६ सय ४९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १८ हजार ८ सय ९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्