राजनीति

चुनावका विकल्पमाथि गठबन्धनमा छलफल



काठमाडौँ, ७ माघ । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । विभिन्न विकल्पमा शीर्ष तहमा छलफल भए पनि गठबन्धनमा कुनै विषयमा सहमति जुटेको छैन, बरु थप छलफलका लागि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणाको संवैधानिक र कानुनी समयसीमा गुज्रिन लागेको भन्दै ताकेता बढाइरहेकै वेला गठबन्धनको शीर्ष तहमा संघीय निर्वाचन पहिला गर्नेलगायत विकल्पमा छलफल अघि बढेको हो ।प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन दलका शीर्ष नेताहरूको बैठकले निर्वाचनबारे तत्काल निर्णय लिने विभिन्न विकल्पमा छलफल गरेको छ । बैठकमा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने, वैशाखमै संसद्को निर्वाचन गर्ने कि तीनवटै तहको निर्वाचन वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।