भक्तपुर, ९ माघ । भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परीसर भक्तपुरका अनुसार राती खाना खाई आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिने शिशुको निस्सासिएर मृत्यु भएको हो ।
अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उनकी श्रमीती) को मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको छ । उनीहरु सुर्यविनायक नगरपालिका-४ गाम्चा स्थित भावना थापाको जस्ताले छाएको घरमा २ वर्षदेखि डेरा बस्दै आएका थिए ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्