समाचार

काठमाडौँ उपत्यकामा थप ३,७९१ जनामा कोरोना पुष्टि



काठमाडौँ, ९ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३, ७९१  जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २ हजार ८ सय ६८ जना, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन् ।