काठमाडौँ, १० माघ । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउ समेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत, विहारका शशिभूषण सिंह र भारत, विहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलंकीस्थित परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो ।
ब्युरोले आइतबार एक सूचना जारी गरी उक्त परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ । उनीहरूविरुद्ध शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्