धनगढी, १० माघ । कैलालीमा एक जना व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी भइरहेको छ ।
घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्