राजनीति

कालापानी र लिपुलेकको जनसंख्या जनगणनामा समावेश



काठमाडौँ, १२ माघ । केन्द्रीय तथ्यांक विभागले कालापानी र लिपुलेकको जनसंख्या विवरण राष्ट्रिय जनगणना–२०७८ मा समावेश गरेको छ ।

भौतिक रूपमा उपस्थित भएर त्यहाँ जनगाणना गर्न नसकिएको तर  अप्रत्यक्ष रूपमा विवरण संकलन गरिएको विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ ।