काठमाडौँ, १२ माघ । विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको उल्लेख गरिएको छ । जसमा पुरुषकाे सङ्ख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाकाे सङ्ख्या ४ लाख ६ हजार १०३ अर्थात १८ .७२ प्रतिशत रहेको छ ।
त्यस्तै जिल्लागत आधारमा ७७ जिल्लाबाटै मानिसहरू विदेश गएको देखिएको छ । सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट र सबैभन्दा कम मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङबाट गएको देखिएको छ । यस्तै नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ । जसमा पुरुषको जनसङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले जनाएको छ ।
नेपालमा जम्मा परिवार सङ्ख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।










प्रतिक्रिया दिनुहोस्