राजनीति

सुदूरपश्चिममा मतदान सकियाे



धनगढी, १२ माघ । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएकाे मतदान सकिएकाे छ ।

धनगढीस्थित प्रदेशसभाकाे परिसरमा बिहान ९ बजेदेखि शुरू भएकाे मतदान सकिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५  मत खसेकाे जानकारी दिए । उनकाअनुसार अहिले मुचुल्का उठाउने काम भइरहेकाे छ भने मतगणना पनि बुधबार नै शुरु गर्ने तयारी छ ।