समाचार

सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



काठमाडौँ, १३ माघ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बिहीबार उक्त घटनाका नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी काठमाडौँले पक्राउ गरेको थियो । रासस