समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



रौतहट, १३ माघ । रौतहटमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर गरुडा नगरपालिका–४ मा दुर्घटना हुँदा १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।