समाचार

काठमाडौँ उपत्यकामा थप २,९४० जनामा कोरोना पुष्टि



काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २ हजार १ सय ५३ जना, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ३५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।