राजनीति

जन्मदिनको अवसरमा एमाले जिल्ला अध्यक्षले गरे कार्यकर्ता संरक्षण कोषको स्थापना



काठमाडौँ, १५ माघ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्षले आफ्नो जन्मदिनका अवसरमा नयाँ कार्यको सुरुवात गरेका छन् ।  एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जन्मदिनको अवसरमा एक कार्यक्रम गर्दै नगद ५१ हजार रुपैयाँ राखेर  पार्टी कार्यकर्ता संरक्षण कोषको शुभारम्भ गरेका हुन् ।

उक्त  कोषमा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सोमप्रसाद मिश्रले पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।  सो कोषमा एमाले भक्तपुरका नेता  बिष्णु तामाङले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने भएका हुन् । उक्त कोषको रकम परिचालनको लागि  कार्यविधि निर्माण गरि अप्ठ्यारोमा परेका कार्यकर्तालाई सहयोग गर्ने उद्देश्य हुने एमाले भक्तपुरका अध्यक्ष देउजाको भनाई छ ।