समाचार

काठमाडौँ उपत्यकामा थप १,७२९ जनामा कोरोना पुष्टि



काठमाडौँ, १७ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,७२९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १३ सय ६८ जना, ललितपुरमा १७२ र भक्तपुरमा ९० जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार ४ सय ७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् ।