राजनीति

अध्यक्ष ओलीविरुद्धको ‘हावादारी र बकम्फुसे’ उजुरी खारेज गर्न माग



भक्तपुर, १८ माघ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दिइएको उजुरीलाई खारेज गर्न माग गरेको छ ।

संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त उजुरी हावादरी र बकम्फुसे भएको दावी गरेको छ । अध्यक्ष ओलीले संघले आजोजना गरेको एक हप्ते खुल्ला रक्तदान कार्यक्रमको उद्घाटनमा आई युवालाई हौसला बढाउँदै सामाजिक काममा निरन्तर लाग्न निर्देशन दिनुभएको थियो ।

अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ देखिएको समयमा समेत कार्यक्रममा हिडेको भन्दै जिल्ला प्रशासन कार्यालयमा सरकारवादी युवाले रोग निवारण ऐन अनुसार कारवाहीको माग गर्दै उजुरी दिएका थिए । सोही उजुरीलाई संघले कडा शब्दमा आपत्ती जनाएको हो । संघका अध्यक्ष बस्नेत तथा जिल्ला इन्चार्ज राजु लबञ्जर सहितको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालार्ई उक्त उजुरी खारेज गर्न माग गरेको छ ।

विज्ञप्ती