राजनीति

अनेम संघद्वारा सरकारलाई चेतावनीः ‘फण्डाको राजनीति’ नगरियोस्



भक्तपुर, १८ माघ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ भक्तपुरले सरकारले स्थानीय तहको निर्वाचन सार्ने गैरसंवैधानीक गतिविधि गरी फण्डाको राजनीति नगर्न सरकारवादी संगठनहरुलाई चेतावनी दिएको छ ।

कुनै पनि बहानामा निर्वाचन सार्न नहुने उल्लेख गर्दै अनेमसंघले स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा गर्न सरकासँग जोडदार माग गरेको छ । सातौं आयोजक कमिटीका संयोजक थममायाँ थापाद्वारा जारी गरिएको विज्ञप्ती जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बुझाउँदै लोकतन्त्रको रक्षा गर्न संघ जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको उल्लेख गरेको छ ।

संविधानलार्ई कुव्याख्या गर्दै वर्तमान सरकारले विभिन्न षड्यन्त्र गरी निर्वाचन सार्ने खेल खेलिरहेको उल्लेख गर्दै संघले जनताको जनमत प्रदान गर्ने अधिकारलाई कुण्ठित गर्नु नहुने उल्लेख गरेको छ । विधिको शासन र संवैधानिक सर्वोच्चता कायम गरी संघ अगाडी बढ्ने स्पष्ट पार्दै सरकारले तत्तकाल स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गर्न समेत माग गरेको छ ।

हाल देशमा भएको कोभिड १९ विरुद्धको खोप गायभ तथा चरम मुल्य वृद्धि लगाएत स्थानीय चुनाव समयमा गराउन मापसे अलोकतान्त्रिक गठबन्धन सरकार विरुद्ध ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने क्रममा अखिल नेपाल महिलासँघ भक्तपुर केन्द्रीय सदस्य भक्तपुर इन्चार्ज विना बास्तोला, जिल्ला संयोजक उत्तरा नेपाल, जिल्ला सदस्य कृष्णा कार्की, २ नम्बर क्षेत्रीय अध्यक्ष लक्ष्मी कार्की अधिकारी, सचिव शर्मिला लम्साल बस्नेतलगायतको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।