समाचार

एक कोरोना संक्रमितको मृत्यु



बाँके, १९ माघ । बाँकेमा थप एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा उपचार  गराइरहेका एक पुरुषको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय पुरुषको रहेका छन् । उनी पुस २३ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४७ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।