भक्तपुर, १९ माघ । नेकपा एमालेको पोलिट्व्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला जलाइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघले आज आयोजना गरेको विरोध कार्यक्रममा क्रममा प्रधानमन्त्री देउवाको पुत्ला जलाइएको छ । जिल्लाको सूर्यविनायकबाट घलातेसम्म निश्किएको र्यालीकै क्रममा प्रधानमन्त्री देउवाको पुत्ला जलाइएको हो । पाँच दलीय गठबन्धनको सरकार बनेसँगै पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामाग्रीको अत्याधिक मूल्य वृद्धि भएको साथै तत्तकाल स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै भक्तपुरमा विरोध प्रदर्शन गरिएको हो ।
वर्तमान सरकार देश र जनताप्रति नभई आफ्नो कुर्सी र राजनीतिक स्वार्थको लागि मात्र लागि परेको उल्लेख गर्दै आन्दोलनकारी संघका नेता तथा कार्यकर्ताले उक्त वालुवाटारको कुर्सी धेरै लामो समयसम्म टिक्न नदिने समेत उद्घोष गरे । सरकारले आफ्नो पक्षमा जनता नभएको आंकलन पछि निर्वाचन कुनै पनि हालतमा नगर्ने रणनीति लिई संविधान तथा लोकतन्त्रलाई नै समाप्त पार्ने खेल लेखेपछि कोरोनको कहरका बिच पनि सडक आन्दोलन गर्न बाध्य भएको संघका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज राजु लबञ्जरले बताउनुभयो । वर्तमान सरकारले एक हप्ताभित्र स्थानीय तहको निर्वाचन नगरे देशभर राष्ट्रिय युवा संघले आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिँदै इन्चार्ज लवञ्जरले त्यसबाट उत्पन्न परिस्थितीको जिम्मा स्वंयम सरकार हुने समेत चेतावनी दिनुभयो ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनको मिति तत्तकाल घोषणा गर, मापशे सरकार मुर्दावाद, शेरे तेरो पाराले दुःख पाए साराले, यस पालिको हैजा शेरे तँलाई लैजा, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, अनेम संघ जिन्दावाद लगायतका नाराहरु लगाईएको थियो ।










प्रतिक्रिया दिनुहोस्