बारा, २० माघ । कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।a
आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्