Banner News

कांग्रेसले सभामुखलाई महाभियोग लगाए साथ दिन्छौं : नेता रायमाझी



काठमाडौँ, २० माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले, नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता रायमाझीले यद्यपि आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको बताए ।

उनले भने, ‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन । यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं,’ ‘हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं । महाभियोग लगाउन हामीसँग बहुमत पनि छैन ।’