काठमाडौँ, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सम्मान गरेका छन् ।
चार महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई यसअघि सरकारले जनही ५ लाख रुपैयाँ प्रदान गरेको थियो ।
त्यतिबेला अलमुताइरी नेपालमा नभएकाले सम्मानमा उपस्थित हुन पाएका थिएनन् । त्यहीँ सम्मान अलमुताइरीलाई आज प्रदान गरिएको हो ।सरकारले खेलाडीहरूलाई जनही नगद ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्