समाचार

जीप दुर्घटना : ६ जनाको मृत्यु, सात जना घाइते



दाङ, २२ माघ । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान एक बजे ओखरपाटामा दुर्घटनामा परेकाे हाे । जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । दुर्घटनामा बेहुला, बेहुली नै घाइते भएका छन् । उनीहरुकाे बिजुवार अस्पतालमै उपचार भइरहेकाे छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।