समाचार

मुस्ताङमा र म्याग्दीमा हिमपात



काठमाडौँ, २२ माघ । वर्षा र हिमपातले हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन कस्टकर बनेको छ ।

मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै अत्यधिक चिसो बढेको छ । हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको छ ।

हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी जान सकेका छैनन् ।  त्यसैगरी, हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा बिहीबार रातिदेखि नै विद्युत् सेवा अवरुद्ध भएको छ ।