काठमाडौँ, २२ माघ । नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तय गरेको छ ।
प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही ७/८ फागुन, धनुषा ९/१० र महोत्तरीको अधिवेशन ११/१२ लागिका लागि तय गरेको हो । कोभिडको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्