समाचार

सगरमाथाको हिउँ पग्लने क्रम तीव्र



काठमाडौँ, २२ माघ । जलवायु परिवर्तनले विश्वका सर्वोच्च शिखर सगरमाथाको हिउँ अति तीव्र गतिमा पग्लिँदै गएको पछिल्लो अध्ययनबाट देखिएको छ ।

नेचर जर्नलको क्लाइमेट एन्ड एट्मसफियरिक साइन्समामा प्रकाशित अध्ययन अुनसार मानविय गतिविधिका कारण विश्वको सर्वोच्च शिखरमा जम्मा हुन दशकौं लागेको हिउँ हरेक वर्ष तीव्र गतिमा पग्लिँदै गएको छ ।

सगरमाथाको ८ हजार २० मिटर उचाइ र आसपास क्षेत्रमा रहेको साउथकोल हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिम (बरफ) पछिल्लो करिब २५ वर्षमा पग्लिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

साउथकोल हिमनदीमा हिम जम्मा हुन लागेको समयभन्दा पग्लिने समय करिब ८० गुणा तीव्र देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।