समाचार

उखुबारी हत्याकाण्ड प्रकरण : थप दुई जना पक्राउ



विराटनगर, २२ माघ । मोरङ र ललितपुरमा तीन जनाको हत्या प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रराजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु र सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा मोरङ रङ्गेली-३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिमलाई पक्राउ गरेको हो ।

कमिसनको चक्करमा तीन जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मुख्ययोजनाकार अनिल मण्डलसहित तीन जनालाई शुक्रबार सार्वजनिक गरेको थियो । कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।