Banner News

साढे ८ लाख बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो



काठमाडौँ, २४ माघ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको हो ।

बेलायत सरकारले २१ लाख ७४ हजार १६० डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने जनाएको थियो । बाँकी रहेको १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ मा आउने कार्यतालिका रहेको छ ।