काठमाडौँ, २६ माघ । देशका धेरै स्थानमा आज वर्षा र हिमपात हुने भएको जल तथा मौसम विज्ञान सवभागले जनाएको छ ।
सवभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र प्रदेश–१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको
देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत वाग्मती र प्रदेश १ को पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।










प्रतिक्रिया दिनुहोस्