समाचार

काठमाडौँ उपत्यकामा थप ३२९ जनामा कोरोना पुष्टि



काठमाडौँ, २७ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २३५ जना, ललितपुरमा ६४ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १२ हजार ६५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।