काठमाडौँ, १ माघ । सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् ।
हिमालय एयरको उडानद्वारा काठमाडौँ आएका राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्