ललितपुर, ३ फागुन । ललितपुरमा सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति बागडोलमा वाग्मती प्रदेश ०२–०३० प ९४८३ नम्बरको मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किँदा चालक बाँकेका ३० वर्षका गणेशकुमार थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा राति साढे ११ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्